महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घण्टा बसेको थियो ।
एक घण्टामा पाँच प्रश्न सोधिएको थियो । निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।