विष्णु पौडेल र खिमलाल भट्टराई एकल सिफारिस, घनश्याम भुसाल सर्वसम्मत भएनन्

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसममत रुपमा सिफारिस भएका छन् । क्षेत्रीय कमिटीको बैठकले पौडेलको एकल नाम सिफारिस गरेको हो ।

पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । 

२०६४ सालको संविधानसभा निर्वाचनमा उनले काँग्रेसका नेता सूर्यप्रसाद प्रधानलाई हराएका थिए भने २०७० सालको निर्वाचनमा तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए । 

यस्तै, गत आम निर्वाचनमा पौडेलले काँग्रेस नेता युवरा गिरीलाई २२ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका थिए ।

रुपन्देहीलाई विकासको रोलमोडल जिल्ला बनाउने भन्दै विकासका योजना अगाडि बढाईरहेका पौडेलले विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन् । 

बुटवल–भैरहवा ६ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तिनाउ–दानव कोरिडोर, बुटवल–नारायणगढ चार लेन सडक उनकै पहलमा अघि बढेका ठूला आयोजना हुन् ।



एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर ५ को बैठकले खिमलाल भट्टराईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको छ । उनी राष्ट्रियसभाका सचेतक पनि हुन् । क्षेत्रीय कमिटीले उनको नाम मात्रै उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ३ मा  एमालेले नेता घनश्याम भुसाल र वासुदेव घिमिरेको नाम सिफारिस गरेको छ । भुसाल स्थायी कमिटी सदस्य हुन् भने घिमिरे तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर हुन् । 



तिलोत्तमा नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाएको भन्दै यस क्षेत्रमा घिमिरेको लोकप्रियता बढ्दो देखिएको कार्यकर्ता बताउँछन् ।

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १६:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया