मोरङ–३ मा पूर्वमन्त्री ढकाल र शर्माबीच चुनावी भिडन्त पक्का

मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनील शर्माबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
 
सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई कांग्रेसले एकल उम्मेदवार सिफारिस गरेपछि उनीहरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । ०७४ सालको निर्वाचनमा पनि उनीहरुबीच नै प्रतिस्पर्धा भएको थियो ।
 
सो निर्वाचनमा ढकालले शर्मालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

शर्मा विराटनगरस्थित नोबेल मेडिकल र काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । 





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १७:५१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया