महाभियोग सिफारिस समितिले बयानका लागि बनाएको विधि परिमार्जन गर्‍यो
फाइल तस्वीर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग सिफारिस समितिले बयानका लागि बनाएको विधि परिमार्जन गरेको छ । 

आइतबार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकोले सुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकाकरिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । 

समितिले आज प्रधानन्यायाधीश जबरासँग तेस्रो दनको बयान लिएको छ । आजको बैठकमा एक घण्टामा ५ वटा प्रश्नको बयान लिएर बैठक २५ भदौलाई बोलाइएको नेपाली कांग्रेसका सांसद एवं महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले बताए । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आजको बैठकमा न्याय सम्पादनमा प्रधानन्यायाधीशको भूमिका ढिलासुस्ती र न्यायमा विचलन ल्याएको बारे बयान लिएको बताए । 

उनले मुद्दा खेपीराखेका रञ्जन कोइरालाको सजाय घटाउने फैसलाका बारेमा पनि समितिले आज बयान लिएको बताए । बयानमा प्रधानन्यायाधीश जबराले सकेसम्म चाँडै फैसला सकेको कुरा राखेको सांसद विश्वकर्माले बताए । 

सांसद विश्वकर्माले बयानमा प्रधानन्यायाधीश जबराले न्यायका लागि विवेकको ठाउँ दिएको उल्लेख गर्दै पारिवारिक अवस्थालाई हेरेर रञ्जन कोइरालाको सजाय कटौती गरेको बताएको जानकारी दिए । 



बयानमा प्रधानन्यायाधीश जबराले यदी रञ्जन कोइरालाको सजाय कटौती गरेको कुरामा नै महाभियोग लगाइएको भए आफू महाभियोग स्वीकार गर्न तयार रहेको बताएको पनि सांसद विश्वकर्माले स्पष्ट पारे । 

सांसद विश्वकर्माले समितिको अर्को बैठकमा प्रधानन्यायाधीशको बयान सकिने पनि स्पष्ट पारे । उनले समितिको बैठक २५ भदौमा ढिलो गरेर बोलाउनुको रहस्य निर्वाचनको तयारी र सचिवालयलाई बयानको व्यवस्थापन गर्न लाग्ने समय भएको पनि स्पष्ट पारे । 



  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १८:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया