सिन्धुपाल्चोक १ बाट सभामुखसहित तीनजनाको नाम सिफारिस

सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । सभामुख सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ।

नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै सभामुखकै भतिजा तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् । 

यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ। 

गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन ।

यसैगरी नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिकतर्फ पुण्यप्रसाद पराजुली खस आर्य, विष्णुकुमार श्रेष्ठ आदिवासी जनजाति, पूर्णबहादुर तामाङ आदिवासी जनजाति, गणेश विक दलित, पार्वती थामी अल्पसंख्यक सिफारिस भएका छन् ।

१ नम्बर प्रतिनिधि सभा प्रदेश सभा ९क० तर्फ  प्रत्यक्षमा सरल सहयात्रीको एकल सिफारिसमा हुनुहुन्छ ।  समानुपातिकतर्फ राजकुमार पौडेल खस आर्य, लालकान्छा तामाङ आदिवासी जनजाति, ज्ञानेन्द्रबहादुर गुरुङ आदिवासी जनजाति , राजु खाती दलित, आशा गुरुङ शेर्पा  आदिवासी जनजाति ,सुन्दर पहरी अल्पसंख्यकबाट सिफारिसमा छन् ।



१ नम्बर प्रतिनिधिसभा प्रदेश सभा (ख)तर्फ  प्रत्यक्षमा  अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा, प्रतापसिं तामाङ गरी चारजना सिफारिस भएका छन् । 

समानुपातिकतर्फ अमृता नेपाल खस आर्य, गोकर्णदास श्रेष्ठ आदिवासी जनजाति, पदम श्रेष्ठ आदिवासी जनजाति, सागर परियार दलित, सुभाष सुन्दास दलित, टीकाराम पराजुली अपांग कोटामा सिफारिसमा परेका छन् ।



  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १८:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया