एएफसी यु-२० एसिया कप छनोटका लागि नेपाली फुटबल टाेली घोषणा भएको छ । टाेलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने प्रतियोगिताको लागि २३ सदस्यीय राष्ट्रिय टाेली घोषणा गरेका हुन् ।
यो टाेलीमा यु-२० साफ च्याम्पियनसिप खेलेकाे टाेलीबाट ६ खेलाडीलाई परिवर्तन गरिएको छ । नयाँ टिममा गोलकिपर टोपबहादुर राना डिफेन्डर स्यान्सु भुसाल, राज थोकर र जान ताम्ली तथा मिडफिल्डर राकेश विश्वकर्मा र सन्जीव लामाले स्थान बनाएका छन् ।
बहराइन जाने टाेलीको मुख्य प्रशिक्षकमा मेघराज केसी, सहायक प्रशिक्षकमा बालगोपाल श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर, टिम व्यवस्थापकमा दिवाकर घले, मिडिया म्यानेजरमा उमेश दाहाल र टिम अफिसियलमा पुरुषोत्तम थापा र भगवान दर्लामीमगर छन् ।
छनोटका लागि नेपाली टाेली ८ सेप्टेम्बरमा बहराइन जानेछ ।छनोटको समूह ‘बी’ मा नेपालसँगै घरेलु टाेली बहराइन, भुटान, बंगलादेश र कतार छन् ।
नेपालले १० सेप्टेम्बरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै, नेपालले सेप्टेम्बर १२ मा कतार, १४ मा बहराइन र १६ मा बंगलादेशविरुद्ध खेल्नेछ ।
नेपाली टाेली
गोलरक्षकः इश्वर गुरुङ, टोपबहादुर राना, जियारथ शेख
डिफेन्डरः स्यान्सु भुसाल, जान ताम्ली, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिषेक वाइबा
मिडफिल्डरः राकेश विश्वकर्मा, सन्जिव लामा, दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान
फरवार्डः निरञ्जन मल्ल, रोहन खड्गी, सुगम सुवाल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।