प्रिमियर लिगमा लेस्टरविरुद्व ब्राइटनको सहज जित

इंग्लिस प्रिमिय लिगअन्तर्गत आज सम्पन्न खेलमा ब्राइटनले सहज जित निकालेको छ । उसले घरेलु मैदान फाल्मेर स्टेडियममा लेस्टर सिटीविरुद्व ५–२ को सहज जित निकालेको हो ।

खेलको सुरूवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको पहिलो मिनेटमै केलेची इहेनाचोले लेस्टरलाई सुरूवाती अग्रता दिलाए ।

१०औँ मिनेटमा लुक थोमसले आत्मधाती गोल गरेपछि ब्राइटन १–१ को बराबरीमा आयो । १५औँ मिनेटमा मोइजे काइसेडोले घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

३३औँ मिनेटमा प्याटसन डाकाले लेस्टरलाई २–२ को बराबरीमा ल्याए । ६४औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले ब्राइटनलाई ३–२ ले अघि बढाए। 

७१औँ मिनेट र थप गरिएको समयमा म्याक एलिस्टरले गोल गरेपछि घरेलु टोलीले ५–२ को सहज जित निकाल्यो ।

जितसँगै ६ खेलमा १३ अंक जोडेको ब्राइटन चौथो स्थानमा उक्लिँदा पराजित लेस्टर समान खेलबाट १ अंकका साथ पुछारमा छ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार २१:१२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया