एसिया कपमा भारतविरुद्ध पाकिस्तान ८ वर्षपछि विजयी

यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर फोरको खेलमा भारतविरुद्ध पाकिस्तान विजयी भएको छ । गएराति सम्पन्न रोमाञ्चक खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको हो । 

पाकिस्तानले २०१४ पछि भारतलाई एसिया कपमा हराएको हो । उसले त्यसयता भएको चारै खेलमा पराजय बेहोरेको थियो । भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि मोहम्मद रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै, मोहम्मद नवाजले ४२, आसिफ अलीले १६, फखर जमानले १५, कप्तान बाबर आजमले १४ तथा खुसदील शाहले अविजित रहँदै १४ रन जोडे ।

भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्ड्य, अर्शदीप सिह, रवि विस्नोइ र युजवेन्द्र चहलले एक/एक विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गसमाउँदै १८१ रन बनाएको थियो ।

उसका लागि विराट कोहलीले ४४ बलमा ४ चौका र १ छक्कासहित ६०  रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्मा र केएल राहुलले  २८/२८, दीपक हुडाले १६, ऋषभ पन्तले १४ तथा सूर्यकुमार यादवले १३ रन जोडे ।

पाकिस्तानका लागि शादब खानले २ तथा निशम शाह, मोहम्मद हस्नैन, हरिस रौफ र मोहम्मद नवाजले एक/एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।  





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ६:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया