ला लिगामा भ्यालेन्सियाको शानदार जित

स्पेनिस ला लिगअन्तर्गत गएरातिको खेलमा भ्यालेन्सियाले शानदार जित निकालेको छ । उसले घरेलु मैदानमा गेटाफेविरुद्ध ५–१ को जित निकालेको हो ।

मेस्टाला स्टेडियममा भ्यालेन्सियालाई जित दिलाउन टोनी लाटो, स्यामुएल डियास लिनो, स्यामुएल क्यास्टेलेजो, निको गोन्जालेज र ह्युगो डुरोले गोल गरे । गेटाफेका गास्टन अल्भारेजले गोल गरे ।

खेलको सातौं मिनेटमा लाटोको गोलबाट भ्यालेन्सियाले अग्रता लिन सफल भयो । १४ औं मिनेटमा लिनोले घरेलु टोलीको अग्रता दोब्बर पारे ।

१६ औं मिनेटमा क्यास्टेलेजोले गोल गरेपछि भ्यालेन्सिया ३–० ले अघि बढ्यो । ६५ औं मिनेटमा गोन्जालेज तथा ६८औं मिनेटमा डुरोले गोल गरेपछि घरेलु टोलीले ५–० को फराकिलो अग्रता बनायो ।

७८औं मिनेटमा अल्भारेजले खेललाई ५–१ स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा भ्यालेन्सिया फराकिलो जित निकाल्न सफल भयो ।

खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थिए । ८८ औं मिनेटमा भ्यालेन्सियाका एलिएक्स मोरिबा तथा थप गरिएको समयमा गेटाफेका मोउरो आर्मबरी दोहोरो पहेलो कार्ड बृहार्दै मैदानबाट बाहिरिए ।



यो जितसँग ४ खेलमा ६ अंक जोडेको भ्यालेन्सिया १० औं स्थानमा रहँदा पराजित गेटाफे समान खेलबाट १ अंकका साथ १९ औं  स्थानमा छ । 



  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ८:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया