मूल्य वृद्धिको विरोधमा मोदीविरुद्ध खनिए राहुल गान्धी

इन्धनको मूल्य वृद्धि र बढ्दो बेरोजगारीको विरोधमा भारतीय कंग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हजारौं भारतीयले सरकारविरोधी प्रदर्शन गरेका हुन् ।  

नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जनताका समस्याहरू सम्बोधन गर्न असफल भएको आरोप लगाए । उनले मोदीले साना तथा मझौला उद्योग र गरिब किसान र मजदुरको खर्चमा ठूला व्यापारिक समूहहरूलाई फाइदा पुर्‍याउने नीतिहरू अवलम्बन गरेको आरोप लगाए ।

बेरोजगारी र मूल्यवृद्धिबाट मानिसहरू प्रभावित भइरहेका उनले बताए । ‘मोदीजीले कांग्रेसले ७० वर्षमा के गर्‍यो भनेर प्रश्न गर्छन्’, राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा सम्बोधन गर्दै उनले भने, ‘७० वर्षमा कांग्रेसले देशमा यस्तो मूल्यवृद्धि गरेको छैन ।’

उनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को हिन्दू–मुस्लिम ध्रुवीकरणको नीतिको प्रसंग उठाउँदै  सरकारले भय र घृणाको वातावरण सृजना गरेर देशलाई कमजोर बनाउँदै लगेको आरोप लगाए ।

उनले संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को पनि आलोचना गरे । राहुलले भने, ‘ हिन्दू सर्वोच्चतावादी संगठन राष्ट्रिय स्वयंसेवक संघ भाजपाको वैचारिक आदर्श हो ।’ 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ८:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया