युएस ओपनकाे चाैथाे चरणबाटै बाहिरिए मेदभेदेव

विश्व नम्बर १ डानिल मेदभेदेव युएस ओपन टेनिसकाे चाैथाे चरणबाट बाहिरिएका छन् । रसियन खेलाडी मेदभेदेव आज बिहान सम्पन्न खेलमा अस्ट्रेलियाका निक कर्गियाेससँग ३–१ काे सेटमा पराजित हुँदै बाहिरिएका हुन् ।

उनले आर्थर एस स्टेडियममा भएकाे खेल ६-७ (११-१३), ६-३, ३-६ र २-६ ले गुमाए । किर्गियाेसले क्वार्टरफाइनलमा रुसकै करेन खाचानोभकाे सामना गर्नेछन्  ।

 खाचानोभ स्पेनका पाब्लो क्यारेनो बुस्टालाई ४-६, ६-३, ६-१, ४-६ र ६-३ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ९:११:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया