कांग्रेसले सुर्खेतमा टुंगायो उम्मेदवार सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमितिले प्रत्यक्ष तथा समानुपातिक पदका लागि उम्मेदवार सिफारिस टुंगाएको छ । 

उम्मेदवारसम्बन्धी बसेको पार्टीको बैठकको निर्णय र सिफारिसका आधारमा कांग्रेसको सुर्खेत जिल्ला सभापति खड्गबहादुर पोखरेलले प्रदेश समितिका लागि उम्मेदवार सिफरिस गरी पठाएका छन् ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ एकल सिफारिस भएका छन् । यस क्षेत्रबाट समानुपातिकतर्फ नरहरी भट्टराई र ज्ञानु भुषाल सिफरिस भएका छन् । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्ष तर्फ भने हृदयराम थानी, श्याम भारती, टिएन योगी, निरञ्जन केसी र कलमबहादुर खत्रीलाई सिफरिस गरिएको छ । यस क्षेत्रबाट समानुपातिकका लागि शिवराज जोशी, जानकी सिंह, गोविन्दबहादुर मल्ल, यज्ञ विसीलगायतका १४ जना नेताहरू सिफारिस भएका छन् ।

प्रदेश सभा तर्फ क्षेत्र नं. १ (क) प्रत्यक्षतर्फ भने केशरबहादुर ओली, खड्गबहादुर पोखरेल, चित्रहादुर रेग्मी र टेकबहादुर सिंह ठकुरी सिफारिस भएका छन् । प्रदेशसभाको क्षेत्र नं. १ (ख) प्रत्यक्षतर्फ भने अमृता शाही, भूपेन्द्रबहादुर चन्द, भूपेन्द्रबहादुर सुवेदीसहित सातजना सिफारिस भएका छन् ।

प्रदेशसभा क्षेत्र नं. २ (क) को प्रत्यक्षतर्फ भने कर्णबहादुर बुढा, कमलराज रेग्मी, कालिप्रसाद शाक्यलगायतका नौंजना नेताहरू सिफरिस भएका छन् । प्रदेशसभा २ (ख) प्रत्यक्षतर्फ भने यज्ञबहादुर विसी, टोपबहादुर रावत, उपेन्द्रबहादुर थापालगायत नेताहरू सिफारिस भई आएको कांग्रेस कर्णालीका प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १२:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया