बेलायतले आज नयाँ प्रधानमन्त्री पाउँदै

बेलायतको प्रधामन्त्रीको रूपमा बोरिस जोनसनको उत्तराधिकारी आज घोषणा हुने भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेता रहेका जोनसनले करिब २ महिनाअघि राजीनामा दिएपछि रिक्त सो पदमा अन्तिम चरणमा लिज ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा हुँदैछ ।

सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुईजनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पार्टी सदस्यहरूले मतदान गरिसकेका छन् ।

सो मतदानको परिणाम बेलायती समयअनुसार दिउँसो १२ बजे आइसक्ने बताइएको छ । दुई प्रतिस्पर्धी सुनाक र ट्रसमध्ये एक जना पार्टी नेता चुनिएपछि बेलायत महारानीले नयाँ धानमन्त्री नियुक्ति गर्नेछिन् ।

सन् २०१९ को आम निर्वाचनमा वहुमत ल्याएर प्रधानमन्त्री बनेका जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषदका ५ दर्जन सदस्यले विद्रोह गरेपछि उनी प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । 

टोरी सदस्यको सर्वेक्षणमा विदेशमन्त्री ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १२:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया