सर्लाही–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस

नेपाली कांग्रेसले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।  

उक्त क्षेत्रबाट थापालाई कांग्रेसले एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो । क्षेत्रीय कमिटीको बैठकले गगनको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका पार्टीका प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । 

यसअघि महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं–४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा नपरेपछि सर्लाहीबाट उनको एकल नाम सिफारिसमा परेको छ । 

काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधानको नाम पनि सिफारिस भएको छ । प्रधान क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि हुन् । उनी गत १४औं महाधिवेशनमा गगन थापाको समूहबाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।

यता, आफ्नो नामबारे अन्य क्षेत्रमा चर्चा चलेपनि आफूले काठमाडौं–४ नछाड्ने थापाले बताएका छन् । त्यस्तै, प्रदेश सभातर्फ सर्लाही क्षेत्र नम्बर–४ को (२) बाट मन्त्री सिंहको नाम सिफारिस गरिएको छ । 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १३:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया