चीनले बनायो विश्वकै सर्वाधिक ट्विस्टेड टावर

पश्चिम चीनको मेगासिटी चोङकिङमा विश्वको सबैभन्दा धेरै घुमाउरो भवन ‘ट्विस्टेड टावर’ को अनावरण गरिएको छ । डान्स अफ लाइट नाम दिइएको १८० मिटर अग्लो गगनचुम्बी भवनलाई वास्तुकला फर्म एडासले डिजाइन गरेको हो । 

यो अनौठो भवनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डिजाइन म्यागजिन डेजीनको रिपोटअनुसार चोङकिङको जियाङ्बेई जिल्लाको जिङफु प्लाजामा अवस्थित टावरमा दुईवटा दोहोरो घुमाउरा भाग छन्, जसले संरचना घुमिरहेको छ भन्ने महसुस गराउँछ ।

‘डान्स अफ लाइट’ समेत भनिने उक्त गगनचुम्बी भवनका केही तस्बिर सन्तनु भट्टाचार्य नामको अकाउन्टबाट प्रयोगकर्ताले ट्विटरमा सेयर गरेका छन् । ‘विश्वको सबैभन्दा घुमाउरो र सुन्दर टावररूमध्ये एक आज चीनको चोङकिङमा खोलिएको छ’, उनले ट्विट गरेका छन् ।

उक्त टावर ५९० फिट अग्लो छ । टावरमा ३९ तला छन् । भवन एउटा घुमाउरो आकारको छ ।
 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १४:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया