खप्तड लघुवित्तको आइिओ बाँडफाँट

खप्तड लघुवित्तको आइपिओ बाँडफाँट भएको छ । सोमबार बिहान भएको गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् । 

आइपिओमा रीतपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।

खप्तडले ८ बाट १२ भदौसम्म कुल एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोष र दुई हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । 

बाँकी एक लाख २३ हजार चार सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १४:२०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया