साफमा नेपालको कप्तानी एन्जिलाले गर्ने

घरेलु मैदानमा भोलीबाट सुरु हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले गर्ने भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रि–म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् । रेनुकाले घरेलु मैदानको साफ गुमाउने छिन् ।

‘मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद । त्यो विश्वासलाई गुम्न दिने छैन,’ प्रि–म्याच कन्फरेन्समा एन्जिलाले भनिन् ।  यस्तै,अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भोलिबाट सुरु हुँदैछ । फाइनल खेल असोज ३ गते हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।  प्रतियोगिताको समूह ‘बी’ मा नेपाल, श्रीलंका र भुटान छन् । यस्तै, समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।



समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । भोलि हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । यस्तै, नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा २८ भदौमा श्रीलंकासँग खेल्नेछ ।



  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १४:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया