पाल्पा २ मा एमालेबाट प्रतिनिधिसभाका लागि ठाकुर गैरे एकल सिफारिस

नेकपा एमाले पाल्पाले प्रतिनिधिसभा निर्वाचनका लागि पाेलिटब्यूराे सदस्य ठाकुर गैरेलाई पाल्पा निर्वाचन क्षेत्र २ बाट सर्वसम्मत सिफारिस गरेको छ । 

१९ भदौमा बसेको निर्वाचन क्षेत्र कमिटी बैठक र २० भदौमा बसेको पाल्पा एमाले जिल्ला कमिटीको बैठकले गैरेलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । 

यो क्षेत्रबाट यसअघि सोमप्रसाद पाण्डेले निर्वाचन जितेका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीमा रहेका छन् । गठबन्धनमा पाल्पा क्षेत्र नम्बर २ कसलाई पर्ने भन्ने टुंगो नलागे पनि त्यहाँबाट एकीकृत समाजवादी पार्टीका पाण्डे नै उम्मेदवारका लागि सिफारिस भएका छन् । 

तर, पाल्पामा नेकपा एकीकृत समाजवादीको अवस्था कमजोर छ । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि टिकट पाउने पक्कापक्की भएका गैरेको टिकट अन्तिममा पाण्डेले खोसेको आरोप उनीमाथि लाग्ने गरेको छ । 

पाल्पा एमालेले पाल्पा निर्वाचन क्षेत्र १ बाट युवराज खनाल, नारायण आचार्य, शिव अर्याललगायतलाई सिफारिस गरेको छ । 



स्थानीय तह निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ मा पालिका प्रमुखहरुले पाएको मतअनुसार नेकपा एमाले त्यहाँ बलियो रहेको छ ।



  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १६:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया