मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंले निजी क्षेत्रले संघीयता प्रत्याभूत गर्न नसकेको बताएका छन् ।
सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै चौलागाईंले यस्तो बताएका हुन् ।
संघीयता आइसकेपछि पनि अझै लगानीमैत्री वातावरण हुन नसकेको बताउँदै उनले उद्योग दर्ता र नवीकरणका लागि काठमाडौं जानुपर्ने बाध्यता अझै कायम रहेको भन्दै निजी क्षेत्रका लागि संघीयता आउन नसकेको बताए ।
त्यस्तै,व्यवसायी बद्रीनाथ शर्माले संघीयताले निजी क्षेत्रको मानमर्दन गर्ने काम गरेको आरोप लगाए । तीन तहको सरकारले उद्योगी व्यवसायीहरुलाई औद्योगिक क्षेत्रमा जथाभावी भाडा बढाएर आतंकितसमेत बनाएको बताए ।
शर्माले तीन तहका सरकारहरुले निजीलाई आतंकित बनाएर जाने हो भने संघीयता कार्यान्वयनमा चुनौती रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।