खेलकुदमन्त्री अथकले महिला साफको उद्घाटन गर्ने

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्ने भएका छन् । 

काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथक प्रमुख अतिथि रहने भएका हुन् । 

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रका लागि दिएको निम्तो मन्त्री अथकले स्वीकार गरेका हुन् । 

एन्फाका अनुसार मंगलबार साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै
टोली नेपाल आइपुगेका छन् ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १८:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया