क्रिकेट संघका अध्यक्ष चन्द कांग्रेस बैतडी–१ बाट उम्मेदवार सिफारिस

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी-१ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।

चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन् । कांग्रेस जिल्ला समितिले उनीसहित नौ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्वराज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसाद विनयध्वज चन्द, पूर्व जिल्लासभापति शिवराज भट्ट, पूर्व कार्यकारी सभापति प्रकाशसिंह ठकुन्ना, महासमिति सदस्य दिनेश भट्ट, महाधिवेशन प्रतिनिभि सुरेन्द्र ऐर तथा महासचिव सदस्य तथा पूर्व राज्यमन्त्री केशबबहादुर चन्द लगायत सिफारिस भएका छन् ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार २०:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया