\
जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वडा नम्बर ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नम्बर १ का वर्ष ३१ का नगेन्द्र थापा रहेका छन् ।
आइतबार लागुऔषध बोकेर पोखरा आउँदै गर्दा उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरूको साथबाट लागुऔषध डाइजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल बरामद भएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।