कार्यकाल लम्ब्याउनेबारे संसदमा नै छलफल हुन्छः मन्त्री कार्की

सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । 

मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पत्ति भएकोले संसदमा नै छलफल गरेर निर्णयमा पुग्ने बताए । 

मन्त्री कार्कीले आज बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँटबारे छलफल गरेको बताए । मंगलबार पुनः बैठक बस्ने र शीर्षस्थ नेताहरुले दिएको जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति भएको उनले बताए । 

सञ्चारमन्त्री कार्कीले  आजको बैठकमा मुख्यतः प्रतिनिधिसभाको सिटको बारेमा मात्रै छलफल भएको बताए । 
 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार २१:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया