एसिया कपमा श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाबमा भारत

यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा आज भारत र श्रील.का खेल्दै छन् । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ मा सुरु हुनेछ ।

सात पटकको विजेता भारत आज जित हात पार्दै फाइनलको सम्भावना जीवितै राख्न चाहन्छ । ऊ सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

पाँच पटकको विजेता श्रीलंका पनि सुपर फोरमा लगतार दोस्रो जित निकाल्दै फाइनल सम्भावनालाई बिलयो बनाउन चाहन्छ । उसले अघिल्लो खेलमा अफगानिस्तालाई ४ विकेटले पराजित गरेको थियो । 

एसिया कपमा भारत र श्रीलंकाले हालसम्म २० खेल खेल्दा दुवै टोलीले समान १० जित हात पारेका छन् । 

यी दुई टोलीबीच १९८४ को एसिया कपमा भएको पहिलो भेटमा भारत १० विकेटले विजयी हुँदा २०१६ को पछिल्लो भेटमा पनि भारतले ५ विकेटको जित हात पारेको थियो । 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १०:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया