च्याम्पियन्स लिग आजबाट, ठूला क्लब मैदान उत्रदै

युरोपियन क्लब स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ । आज, चेल्सी, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी), साविक विजेता रियल मड्रिड जस्ता ठूला क्लब मैदान उत्रदैछन् । 

नेपाली समयअनुसार राति साढे १० मा दुई खेल हुँदैछन् । समूह ‘इ’ अन्तर्गत स्टेडियन माक्सिमीमा हुने खेलमा इंग्लिस क्लब चेल्सीले घरेलु टोली क्रोएसियाको डिनामो जागे्रबेको सामना गर्दैछ । 

समूह ‘जी’ को जर्मन क्लब बोरुसिया डर्टमण्ड घरेलु मैदान सिंगल इडुना पार्कमा डेनिस क्लब एफसी कोपेनहेगनसँग खेल्दैछ । राति पौन १ मा एकैसाथ ६ खेल हुँदैछन् । समूह ‘एच’ पोचुगिज क्लब बेन्फिकाले घरेलु मैदान स्टेडियो डा लुजमा इजरायलको एफसी माकाबी हाइफाको सामना गर्नेछ । 

सोही समूहको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएजी) घरेलु मैदान पार्क डेस प्रिन्सेसमा इटालीको युभेन्टससँग भिड्ने छ । समूह ‘इ’ अन्तर्गत रोडबुल एरिनामा हुने खेलमा इटालीको एसी मिलानले घरेलु टोली अस्ट्रियन क्लब आरबी साल्जबर्गसँग खेल्नेछ । 

समूह ‘जी’ को स्पेनिस क्लब सेभियाले घरेलु मैदान रामोन साञ्चेज पिज्जुआन स्टेडियमा इंग्लिस क्लब म्याचेस्टर सिटीको सामना गर्दैछ । 

साविक विजेता रियल मड्रिडले स्कटल्याण्डको सेल्टिक एफसीसँग खेल्दै उपाधि रक्षा अभियानको थालनी गर्दैछ । समूह ‘एफ’ अन्तर्गतको उक्त खेल सेल्टिक पार्कमा हुनेछ । 



सोहि समूहको अर्को खेलमा जर्मन क्लब आरबी लेइप्जिगले घरेलु मैदानमा युक्रेनी क्लब शाख्तर डोनेट्स्कसँग प्रतिस्पर्धा गर्दैछ । 



  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार ११:४२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया