नवौं खेलकुदका लागि रवीन्द्रको कप्तानीमा कर्णालीको क्रिकेट टोली घोषणा
फरकधार / २१ भदौ, २०७९
फाइल तस्बिर

कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिमको घोषणा गरेको छ । कर्णाली प्रदेशले मंगलबार रवीन्द्र जंग शाहीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो ।



नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । पुरुष क्रिकेट भने २३ भदौबाट सञ्चालन हुँदैछ ।

क्रिकेटको अन्तर्राष्ट्रिय तालिकासँग नबाझिने गरी आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) को आग्रह र प्रस्तावका कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो ।



समूह ‘ए’ मा रहेको कर्णालीले २३ भदौमा मूलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।  ​



कर्णालीको टोली : रवीन्द्र जंग शाही(कप्तान), निश्चल रावल, अर्जुन घर्ती, अनुज चुनारा, दिवान पुन, प्रकाश जैशी, सुवोध ऐर, मिनाश थापा, विपिन शाही, हिमान्शु शाही, दिनेश अधिकारी, सुमित बुढाथोकी, बिपिन रावल र मोहन बिक । 

त्यस्तै, नवौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशले पनि टोली घोषणा गरेको छ । सुदूरपश्चिमले राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले २३ भदौमा त्रिवि क्रिकेट मैदानमा एनआरएनविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

सुदूरपश्चिमको टोली : राजु रिजाल (कप्तान), शेर मल्ल, खडक बोहरा, मिलन बोहरा, नारायण जोशी, हेमन्त धामी, बसन्त कार्की, लोकेन्द्र चन्द, बसन्त खत्री, युवराज खत्री, भोजराज भट्ट, दिपक रोकाया, नरेन साउँद र दिलबहादुर बोहरा । 

  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १३:१:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया