यसरी कब्जा गरेका छन् व्यापारीले असन र इन्द्रचोकका फुटपाथ ? (तस्वीरहरू)

गैरकानुनी संरचना भत्काउने अभियानमा मेयर बालेन्द्र साहलाई काठमाडौं महानगरबासीको व्यापक जनसमर्थन मिल्यो । उनको अभियानलाई साथ दिँदै महानगरका वडा कार्यालयहरूले पनि आ–आफ्ना क्षेत्रमा रहेका अनधिकृत संरचना र पसल हटाउन सुरु गरेका छन् । 

यही क्रममा काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, इन्द्रचोक क्षेत्रमा मन्दिर र तथा सम्पदा अतिक्रमित गरी सञ्चालन भइरहेका पसल हटाउने अभियान थालेको छ । 

वडा कार्यालयले सोमबार २४ घन्टे अल्टिमेटम दिँदै मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका पसल हटाउन सूचित गरेको थियो । 

आज इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिरवरिपरिको खास्तो व्यापार, भेडासिंहस्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल माटोको भाँडाकुँडाका पसललगायत अन्य व्यापार व्यवसाय हटाउन सुरु गरेको वडाध्यक्ष राजेश शाक्यले जानकारी दिए । 

उनले असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँमा रहेका पसलहरू हटाउन थालेको बताए । 

उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा असर पर्ने गरी कुनै व्यवसाय गर्न नदिने अभियान सबैतिर लागू गरिने जानकारी दिए । 



ठूला व्यापारीले फुटपाथमै सामान राख्नका लागि अनेकौं जुक्ति निकालेका छन् । कसैले पसलबाहिर फलामको कुर्सीमाथि सामान थुपारेर फुटपाथ कब्जा गरेका छन् त कसैले टेबुल आकारकै काठ राखेर सामान ओछ्याएका छन् । केही व्यापारीले भने घरको भित्तामा फलामे ह्याङ्गर ठोकेर पनि फुटपाथ कब्जा गरेका छन् ।



 

  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १४:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया