ग्रिनल्यान्ड र किङडम फाइनलमा

ग्रिनल्यान्ड र किङडम चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित आयोजक केभिकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्‍यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १३ अंक योगदान गरे । साङबुको ३१ अंक सहयोगमा किङडमले लोयल्टीलाई ४८–३२ ले हरायो ।

सिनियर गर्ल्सको उपाधिका लागि भ्याली पब्लिक र एचएचसिए भिड्ने भएका छन् । भ्याली पब्लिकले पृथ्वीमाथि २१–६ को सहज जित दर्ता गर्‍यो । भ्याली पब्लिककी मुस्कान गुरुङले ८ स्कोर गरिन् । 

एचएचसिएले ग्रिनल्यान्डलाई १९–१० ले पन्छायो । एचएचसिएका लागि रेश्मा तामाङले ७ अंक जोडिन् । फाइनल बुधबार हुनेछ ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १७:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया