जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा तालाबन्दी

जिल्ला खेलकुद विकास समिति जुम्ला कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन् । २१ भदौदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला लगाएका हुन् ।

जुम्लाबाट फुलबल खेलबाहेक अरू सबै प्रतियोगितामा खेलाडी छनोट भएका छन् । नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिता सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग चासो राख्दा पनि खेलाडी पठाउन पैसा कम बताइएको उनीहरूको गुनासो छ । 

‘जुम्लाबाट ११ जना फुटबल खेलाडी माग गरिएको थियो । छनोट प्रतियोगिता हुने होइन । खाली खेलाडी हेरेर छनोट मात्र हुने हो भनेर भ्रममा पार्ने काम भयो,’ उनले भने ।

जिल्लामा खेलकुदका कार्यालय छन् । पैसा पनि आउँछ । तर, लामो समयदेखि खेलकुदका कुनै पनि गतिविधि हुने गरेका छैनन् । 

जिल्ला खेलकुद विकास समिति जुम्ला अध्यक्ष धनकृष्ण पाण्डेका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौटका लागि लामो समय सूचना टससहित प्रसारणसमेत गरिएको थियो ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १८:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया