सर्वोच्चको न्यायाधीशमा तीनजनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीनजनाको नाम सिफारिस भएको छ । 

न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित, र उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डिएन पराजुलीको नाम सिफारिस भएको हो ।

हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिनापछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्थाअनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको हो । 

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन् । उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको छ ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १८:४५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया