\
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै पनि स्थानमा विवाद भएको सूचना नपाएको बताए ।
एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भए तापनि योपटक तीनजना भन्दा बढीले इच्छा व्यक्त गरे पनि सिफारिस भइरहेको बताए । यसरी तीनजनाभन्दा बढी नाम सिफारिस भएर आए पनि सबैभन्दा बढी सम्भावित उम्मेद्वार भनेर प्रदेश कमिटीको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने उनले बताए ।
उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने बताए । देशभर शीर्ष नेताको मात्रै एकल नाम सिफारिस नभएको उनले दाबी गरे ।
जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भएँ भनेर सिफारिस भएका उमेद्वारहरुले सोच्न नहुने बताउँदै पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेद्वार टुंगो लाग्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।