साफ च्याम्पियनसिपमा नेपालकाे विजयी सुरूवात

आजबाट सुरू भएकाे महिला साफ च्याम्पियनसिपमा घरेलु टाेली नेपालले विजयी सुरूवात गरेकाे छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे उद्घाटन खेलमा भुटानलाई  ४-० ले हराउँदै विजयी सुरूवात गरेकाे हाे ।

समूह `बी´ अन्तर्गतकाे खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारी  र अनिता बस्नेतले समान २ गाेल गरे ।​ खेलकाे १२ औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै नेपाललाई अग्रता  दिलाएकी थिइन् । ६८ औं मिनेटमा उनैले टाेलीकाे अग्रता दाेब्बर बनाइन ।

७३ र ८४ औं  मिनेटमा अनिताले गाेल गर्दै नेपाललाई ४-० काे सहज जित दिलाइन् । यही खेलमार्फत तीन खेलाडी नेपाली सिनियर महिला टाेलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।

फरवार्ड अमिषा कार्की र मिडफिल्डर दीपा शाहीले सुरूवाती ११ मै रहेर तथा डिफेन्डर समिक्षा घिमिरेले ७४ औं  मिनेटमा हीराकुमारी भुजेलकाे स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् ।

याे जितसँगै नेपालले ३ अंक जाेड्दा भुटानले हारबाट प्रतियाेगिताकाे सुरूवात गरेकाे छ  । अब आफ्नो दोस्रो खेलमा भुटानले शुक्रबार  तथा नेपालले साेमबार श्रीलंकाकाे सामना गर्नेछन ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १९:२८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया