क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध नाबालिगले दिइन् किटानी जाहेरी, बलात्कारकाे आराेप

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिगले आफूलाई जबर्जस्ती गरेको भन्दै जाहेरी दिएकी छिन् । 

मंगलबार जिल्ला प्रहरी कार्यालय टेकुमा १७ वर्षकी एक नाबालिगले सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी हुन् । उनले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । 

प्रहरीका एक उच्च अधिकारीले फरकधारलाई दिएको जानकारीअनुसार ती नाबालिगको मंगलबार नै मेडिकल जाँच पनि गरिएको छ ।

स्न्यापच्याटमार्फत् आफ्नो सन्दीपसँग चिनजान भएको र पछि इन्स्टाग्राममा पनि आफूहरु नजिक भएको ती किशोरीले आरोपमा उल्लेख गरेकी छिन् ।

५ भदौमा सन्दीपले आफूलाई झुक्याएर नगरकोट पुर्याएको र त्यहाँबाट काठमाडौं फर्किँदा निकै अबेर भएपछि सन्दीपले गौशालामा एक होटलमा लगेर आफूलाई जबर्जस्ती गरेको किशोरीले बताएकी छिन् । 

उनले सन्दीपसँग मिलेर आफूले पनि मद्यपान गरेको र आफूलाई लठ्याएर सन्दीपले जबर्जस्ती गरेको आरोप लगाएकी छिन् ।



आफूले यही कुरा साथीलाई सेयर गरेपछि साथीको सल्लाहमा आफूले उजुरी दिएको पनि ती किशोरीले बताएकी छिन् ।




  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार २३:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया