लठ्ठ बनाएर सन्दीपले आफूमाथि जबर्जस्ती गरेको नाबालिगको किटानी जाहेरी
फरकधार / २२ भदौ, २०७९

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूलाई मदिरामा मादक पदार्थ मिसाएर लठ्ठ बनाउँदै बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिगले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।



उनका अनुसार घटना ५ भदौको हो । 

आफूहरु सामाजिक सन्जाल स्न्यापच्याटबाट जोडिएको र पछि इन्स्टाग्राममा पनि सम्पर्क भएको ती युवतीले प्रहरीमा जाहेरी दिने क्रममा बताएकी छिन् । 



उनले ५ भदौको साँझमा सन्दीप आफूलाई लिन आफू बस्ने होस्टलनजिक आएको र आफूहरु कफी खानका लागि बाहिर निस्किएको पनि आरोपमा उल्लेख गरेकी छिन् । 



प्रहरीका एक अधिकारीका अनुसार सन्दीपले ती युवतीलाई समयमा नै ड्रप गरिदिने वाचासहित नगरकोट लगेका थिए । नगरकोटमा आफूहरु दुवैले मदिरा लिएको र त्यहाँबाट फर्किँदा अबेर भएपछि सन्दीपले गौशालाको एक होटलमा आफूलाई लगेको ती किशोरीले बताएकी छिन् । 

राति अबेर भइसकेकाले आफूसँग अरु विकल्प नभएको र होटलमा अरु कोठा नभएको भन्दै एउटा कोठामा बस्नु पर्ने बाध्यता आइपरेको पनि ती युवतीले बताएकी छिन् । 

उनले होटलमा पुगेपछि सन्दीपले आफूलाई मदिरामा केही मिसाएर खुवाएको आरोप लगाएकी छिन् ।

सन्दीप ६ भदौमा क्रिकेटका लागि केन्या उडेका थिए । घटना उनी केन्या उड्नुअघि अघिल्लो रातको भएको युवतीले किटानी जाहेरीमा दिएकी छिन् ।


  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार ०:५:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया