हालान्डको दुई गोलमा च्याम्पियन्स लिगमा सिटीको शानदार जित

च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सिटीले गएराति समूह ‘जी’ अन्तर्गतको खेलमा स्पेनिस क्लब सेभियाविरुद्ध ४–० को सहज जित निकालेको हो ।

सेभियाको घरेलु मैदान रामोन साञ्चेज पिज्जुआन स्टेडियममा सिटीलाइ जित दिलाउन एर्लिङ हालान्डले दुई तथा फिल फोडेन र रुबेन डियासले समान एक गोल गरे ।

खेलको २० औं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ५८ औं  मिनेटमा फोडेनले पाहुना टोलीको अग्रता दोब्बर बनाए । ६७ औं  मिनेट हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३–० ले अघि बढ्यो ।

थप गरिएको समयमा डियासले गनेल गरेपछि पाहुना टोलीले ४–० को सहज जित निकाल्यो । जितसँगै सिटीले ३ अंक जोड्दा सेभियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यही समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले डेनिस क्लब एफसी कोपेनहेगनविरुद्ध ३–० को सहज जित निकाल्यो । 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार ७:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया