साफ च्याम्पियनसिप : दशरथ रंगशालामा भारत र पाकिस्तानको भिडन्त आज

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा साबिक विजेता भारतले पाकिस्तानको सामना गर्नेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

समूह ‘ए’ मा रहेको भारत चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई हराउँदै उपाधि रक्षाको यात्रा सुखद बनाउने योजनामा छ । पाकिस्तान पनि भारतविरुद्ध जित निकाल्दै आफ्नो पुनरागमनलाई यादगार बनाउन चाहन्छ । 

पाकिस्तान करिब ८ पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । फिफाको प्रतिबन्धको कारण पाकिस्तानले पछिल्लो समय फुटबल खेलेको थिएन ।

भारत र पाकिस्तान साफ च्याम्पियनसिपमा हालसम्म एक खेलमा मात्र आमनेसामने भएका छन् । २०१० को साफ सेमिफाइनलमा भारतले पाकिस्तानलाई ८–० ले हराएको थियो ।   

यस्तै, अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । यो खेल साढे ५ बजे सुरु हुनेछ । बंगलादेश र माल्दिभ्स दुवै जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार ९:४७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया