तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य
फरकधार / २२ भदौ, २०७९

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।



मंगलबार ९४ हजार  रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको थियो । 



त्यस्तै, महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ ।



  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १३:१:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया