महिला साफ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात
फरकधार / २२ भदौ, २०७९

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साबिक विजेता भारतले विजयी सुरुवात गरेको छ ।



 समूह ‘ए’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न  खेलमा पाकिस्तानलाई ३–०ले हराउँदै विजयी सुरुवात गरेको हो । 

 खेलको २१ औं मिनेटमा पाकिस्तानी कप्तान मारिया खानको आत्मघाती गोलमार्फत भारतले अग्रता बनाएको थियो । 



२३ औं मिनेटमा ग्रेस डाङमेईले टोलीको अग्रता दोब्बर बनाइन ।  थप गरिएको  समयमा सौम्या गुगुलओथले ले गोल गर्दै भारतलाई ३–० को जित दिलाईन् ।



यो  जितसँगै भारतले ३ अंक जोड्दा पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब आफ्नो दोस्रो खेलमा शनिबार भारतले माल्दिभ्स र पाकिस्तानले बंगलादेशको सामना गर्नेछन् । 

प्रतियोगिताअन्तर्गत आजै साँझ साढे ५ मा सुरु हुने दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।
 

  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १५:१७:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया