सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवद्र्धन सम्भवः मेयर साह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् । नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने उनले बताए । 

इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए । इन्द्रजात्रालाई विश्वव्यापी रुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि उनले बताए । 

नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरु पूजा गर्नमा मात्र सीमित नभई मनोरञ्जन, उत्साह र उमंग, खुसीसँग जोडिएको उनले बताए । 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन् । इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई निम्तो गरिसकेको भन्दै उनले अतिथिहरु बिहीबारबाट काठमाडौं आउन थाल्ने जानकारी दिइन् । 

उपप्रमुख डंगोलले इन्द्रजात्राको महत्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रुपमा आर्थिकदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरेको बताइन् । इन्द्रजात्रालाई सभ्यभव्य र राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न सञ्चार माध्यमको मुख्य भूमिका हुने उनको दाबी छ । 
 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १७:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया