अखिल क्रान्तिकारीको समानान्तर कमिटीलाई प्रचण्डले पुल्पुल्याएको जनार्दन शर्माको आरोप

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने उनले बताए । 

संगठन विधि र पद्धतीमा चल्नुपर्ने बताउँदै उनले पार्टीमा एकले अर्काको विरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृत्ति रहेको बताए । एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्ने काम विद्यार्थी संगठनको अध्यक्षले गर्न नहुने उनले बताए । 

चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकताबद्ध भएर जानुपर्ने बताउँदै अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरे पनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताए । 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १८:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया