चेल्सीका मुख्य प्रशिक्षक टुचेल बर्खास्त

इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । क्लबले बुधबार जर्मन प्रशिक्षक टुचेललाई बर्खास्त गरेको हो ।

च्याम्पियन्स लिगमा क्रोएसियाको डिनामो जाग्रेबसँग पराजित भएको भोलिपल्ट चेल्सीले टुचेललाई बर्खास्त गरेको हो । समूह चरण अन्तर्गत गएरातिको  खेलमा चेल्सी १–० ले पराजित भएको थियो ।

टुचेलको नेतृत्वमा क्लबले प्रिमियर लिगमा समेत उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । हाल ६ खेलमा ३ जित, २ हार र १ बराबरीको नतिजासहित चेल्सी अंक तालिकाको छैटौं स्थानमा छ । 

टुचेलको चेल्सीसँगको सम्झौता २०२४ सम्म रहेको थियो । तर, सम्झौता नसकिदै क्लबले उनलाई बर्खास्त गरेको हो  ।

चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै २०२१ मा टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । सुरुवामा १८ महिनाको सम्झौता गरेका टुचेलले क्लबलाई आएकै सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।

‘चेल्सीको तर्फबाट हामी थोमस टुचेल र उनका स्टाफहरुलाई क्लबमा आफ्नो समयका गरेको प्रयासहरुका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘चेल्सीलाई च्याम्पियन्स लिग, सुपर कपर , क्लब विश्वकप जिताएका टुचेलले क्लबको इतिहासमा सही स्थान पाउनेछन् ।’





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १८:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया