काठमाडौं महानगरपालिकाले नक्सा पास नगरेर बनाइएका भवनको नक्सा ९० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा ९० दिनभित्र पेस गर्न निर्देशन दिएको हो ।
नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरूप निर्माण भएका तर नक्सा पास नगरिएका भवनलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ’ भन्ने नीति समेत उल्लेखित भई पारित भएकाले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।