सन्दीपको विषयमा आइसिसीको चासो

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले चासो देखाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त मल्लले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आजबाट सुरु भएको पुरुष क्रिकेटको उद्घाटन समारोहमा बोल्दै आइसिसीका उच्च अधिकारीले घटनामा चासो दिएको बताएका हुन् । 

‘आइसिसीका उच्च अधिकारीले मलाई यस विषयमा बारम्बार सोधिरहेका छन्, मैले घटनाको बारेमा ब्रिफिङ गरेको छु,’ मल्लले भने, ‘आइसिसीले यो केसमा के हुन्छ सक्छ भनेर चासो राखेको छ । मैले नाबालिग केस भएको र नेपालको कानुनले बलात्कार भन्छ भनेपछि उनीहरू पनि सिरियस भएका छन् ।’

यसअघि सन्दीपसँग क्यानले सम्पर्क गरेको थियो । जसमा उनले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका थिए । हाल सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि वेस्ट इण्डिजमा छन् । केन्याविरुद्धको टी–२० सिरिजपछि उनी उतैबाट वेस्ट इन्डिज पुगेका हुन् । 

क्यानलाई सन्दीपले लिग सकिएपछि नेपाल फर्कंने बताएका छन् । साथै उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको पनि मल्लले बताए । 

सिपिएल आगामी १ अक्टोबरसम्म हुँदैछ । सन्दीपआबद्ध जमैकाको अन्तिम लिग खेल २५ सेप्टेम्बरमा छ । क्यानले उनीमाथि लागेको आरोपमा तत्काल केही  छानबिन नगर्ने बताइसकेको छ ।
 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १५:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया