पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् ।
कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको चौबिस घण्टामा पिसिआर विधिबाट १ हजार ५१८ र एन्टिजेन विधिबाट २ हजार ८८३ जनाको कोरोना परीक्षण गरिएको थियो ।
सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।