मलेसियामा मृत्युदण्ड पाएका एक नेपालीको सजाय फेरियो, १२ वर्ष जेल बस्नुपर्ने

वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एकजना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । 

मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो । 

मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो । 

सो मुद्दामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा उनलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय सुनाएको थियो । 

त्यसपछि तेली फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा पुनरावेदनमा गएका थिए । पुत्रजयस्थित पुनरावेदन अदालतले आज तेलीको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क)मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको नेपाली दूतावासले जनाएको छ । 

‘सोही बमोजिम सुरजदेव साह तेली बाँकी सजाय सकिएपश्चात् नेपाल फर्कनुहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १७:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया