५६औँ राष्ट्रिय साक्षरता : दिवस जनकपुरमा प्रभातफेरी (तस्बिरहरू)

५६औँ राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिकाले प्रभातफेरी र्याली निकालेको छ ।
 
पढ्नलाई उमेरले छेक्दैन भन्ने मूल नारासहित उपमहानगरले विभिन्न संघसस्थाको सहयोगमा प्रभातफेरी निकालेको हो ।

बिहीबार बिहान स्थानीय गोपाल धर्मशालाबाट सुरु भएको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः गोपाल धर्मशालामै पुगेर समापन भएको थियो । 

र्यालीमा ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’, ‘पढतै बेटा बढतै देश, शिक्षित हेतै मिथिला मधेस’, ‘हँसुवा खुर्पी कातमे, कापी किताब हातमे’, ‘पढबाक अधिकार सुनिश्चित करु’, ‘गहना, जेवर, रुप, शृगार, शिक्षाविना सब वेकार’ जस्ता नारा सहितको प्लेकार्ड बोकेका सयौं विद्यार्थी तथा शिक्षकहरु सहभागी थिए ।

विभिन्न कारणले समयमै विद्यालय जान नपाएकाहरुका लागि विद्यालय आउन आग्रह गर्दै र्याली आयोजना गरिएको बताइएको छ ।

 





 

  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १८:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया