नेकपा माओवादी केन्द्रका युवा नेता गोकर्ण भट्ट आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर–३ बाट सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ का संयोजक टेकन्द्रप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले उनीसहित चार नेताको नाम ४ मंसिरमा हुने निर्वाचनका लागि समानुपातिकतर्फ सर्वसम्मत सिफारिस गरेको हो ।
भट्ट खस/आर्य कलस्टरबाट सिफारिस भएका हुन् । माओवादी केन्द्र सुदूरपश्चिम प्रचारप्रसार विभाग प्रमुख तथा केन्द्रीय स्कुल विभाग सदस्यसमेत रहेका भट्ट २०४८ सालदेखि वाम राजनीतिमा संलग्न छन् ।
सञ्चार तथा सामाजिक क्षेत्रमा दुई दशकभन्दा बढीदेखि सक्रिय उनी प्रचण्डका विश्वासपात्र मानिन्छन् । पार्टीमा सक्रिय भूमिका खेले पनि भट्ट उचित स्थान पाउनबाट भने बञ्चित हुँदै आएका छन् ।
उनीसहित कञ्चनपुर–३ का लागि खस/आर्यबाट कान्तुराम पनेरु पनि सिफारिस भएका छन् । त्यस्तै, जनजातिबाट तुलबहादुर थापा मगर तथा दलितबाट गणेश लुहारको नाम पनि सर्वसम्मत सिफारिस भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।