एनआरएनएको विजयी सुरुवात

निर्धारित मितिअगावै आयोजना भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न भएको दिनको पहिलो खेलमा एनआरएनएले विजयी सुरुवात गरेको हो । वर्षाका कारण ६ ओभरमा घटाएपछि खेल आरम्भ भएको थियो । ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । 

सुदूपश्चिमका खडक बोहराले सर्वाधिक १२ रन बनाए । यसबाहेक, कप्तान राजु रिजालले ११ रन बनाउँदा वसन्त खत्रीले १० रन जोडे पनि जितका लागि पर्याप्त भएन । एनआरएनएका आशिष पोखरेल र दीपक क्षेत्रीले समान तीन–तीन विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एनआरएनएका लागि सागर पुनले विस्फोटक पारी खेले । निर्धारित ६ ओभरमा चार विकेट गुमाएर ७४ रनको योगफल खडा गरेको थियो । एनआरएनएका सागर पुनले सर्वाधिक ४६ रन बनाए । सागरले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । 

यस्तै, सुनम गौतमले २४ रनको पारी खेल्दा अन्य खेलाडीले भने राम्रो स्कोर गर्न सकेनन् । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिए । 

खेलकुदअन्तर्गत आजै मुलपानी क्रिकेट रंगशालामा हुने तय भएको गण्डकी प्रदेश र मधेस प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल टस पनि नभई रद्ध भएको छ भने त्रिवि मैदानमा तय भएको दोस्रो खेल पनि भिजेको मैदानका कारण रद्ध भयो ।



प्रतियोगितामा शुक्रबार पनि चार खेल हुँदै छन् । त्रिवि मैदानमा एनआरएन र एपिएफ तथा सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबीच खेल हुनेछ भने मुलपानीमा नेपाल पुलिस र मधेस प्रदेश तथा दोस्रो खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।



  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १९:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया