आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार्नेछुः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गरेका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुईदिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए । राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने अध्यक्ष दाहालले वाचा गरे । 

आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानुनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिबद्धता जनाए । राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उनले दाबी गरे । 

अध्यक्ष दाहालले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिईकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताए । संविधानसभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको उनले दाबी गरे । संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि उनले बताए ।
 
सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर बन्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले सहकार्यमा निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ भइरहेको बताए ।
 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १९:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया