नेपाल टी–२० लिगका थप दुई टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा काठमाडौंमा हुने नेपाल टि–२० लिगका थप दुई टोली घोषणा भएका छन् । क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टन युनाइटेडको नाम सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुबोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन् । यता फार वेस्टन युनाइटेडको भने इंग्ल्याण्डको एस आर स्पोट्र्स एण्ड भेन्चर्स, च्याटर एकाउण्टेड रुपिन्दर बग्गा रहेकी छिन् । कार्यक्रममा दुवै टोलीका मालिकले खेलकुद र नेपाली क्रिकेटमा योगदान दिन चाहेको बताए । निर्देशक सुवोधले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताबाट पर्यटनमा पनि फाइदा पुग्ने बताए ।

यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । योसँगै नेपाल टि २० लिग खेल्ने सबै ६ फ्रेन्चाइज टोलीको नै घोषणा भएको छ । 

नेपाल टि–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुँदै छ ।  प्रतियोगिता होम तथा अवेका रुपमा गरी डबल राउण्ड रोबिनको आधारमा हुनेछ । कान्तिपुर मिडिया गु्रपअन्तर्गत रहेको कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, अल स्टार्स स्पोट्र्स अमेरिकाअन्तर्गतको लुम्बिनीको टिम मालिक सञ्जय शर्मा, डाइमण्ड डिगिक्याप स्पोट्र्स प्रा.लि., भारतअन्तर्गत रहेको विराटनगरका विक्रम यादव र गोल्ड स्पोट्र्स प्रालिअन्तर्गत रहेको जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहेका छन् ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ भने नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसअघि नै मान्यता दिइसकेको छ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउनेछन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन् । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १९:५०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया